Posts

बुख्याचा

Image
उनी : सुनन प्रेम, तिमीलाई कति मिस गर्ने भा'छु भने नि । केही गरे पनि मन शान्त हुदैन । तिम्रो सर्ट देउन बरु मलाई.................. ऊ : किन माया? मेरो सर्ट लगाएर बस्नलाई ? त्यति माया गर्छौ मलाई ?  उनी : होइन, तिम्रो सर्टको बुख्याचा बनाएर कोठामा राख्न । (ञे)

परिवर्तित तिज र पुरुष सहभागिता

Image
तीज नजिकिदै गर्दा मलाई  करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु  पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै  त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ | अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान : हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..| हुनत गाउँ र सहर बीच...

जब पोथी बास्छे

जब भाले बाँस्छ, जोड्ले बास्छ कुखुरी ई ई काँ~~~ जब पोथी बाँस्छे जोडले बाँस्छे तर मान्छेहरु भनिदिन्छन उ ट्याउँ ट्याउँ गरी !

साथी

Image
एकदिन उनको मोबाइलमा घन्टी बज्यो । फोन उनका श्रीमानले उठाए र सोधे, को बोल्नु भयो ? उताबाट जवाफ आयो “म यशोदाको साथी” ।  उनी अर्थात् यशोदा सापकोटा  । जसले जीवनको ४० औं बसन्त पार गरिसक्दा पनि साथी मान्न लायक कोही पात्र भेटेकी थिइनन् । उनी विस्मात्मा परिन् । लाग्यो, “हैन को साथी छ र मेरो त्यस्तो ?”  हामीलाई लाग्न सक्छ, दुनियाँमा साथी सहेली नहुने मान्छे को होला? बाल्यकालका साथी, छिमेकमा रहेका साथी, गोठालो, मेलापात जादाका साथी, स्कूल पढ्दाका साथी, कलेज पढ्दाका साथी, सँगै काम गर्ने सहकर्मी, फेसबुक, ट्वीटरबाट चिनिने साथी । भिन्न भिन्न स्थानमा भिन्न भिन्न परिवेशका मानिसहरु हामीसँग जोडिन आइपुग्छन् र उनीहरुलाई हामी साथीको रुपमा स्वीकार्छौ । फरक यति हो कि केही साथीसँगको साथ जीवनभर रहन्छ भने केहीसँग निश्चित समयपछि अलग भइन्छ । तर सिन्धुपाल्चोककी यशोदाको हकमा यस्तो भए कै थिएन । किनकी सानोमा स्कूल जाने अवसर त पाइन् तर त्यसलाई निरन्तरता दिने वातावरण उनले पाइनन् । छरछिमेकमा साथी बनाउनका लागि उनको घर बेसीको फेदमा एक्लो थियो रे । मेलापात, गोठाला जानका लागि पनि त्यस्तै । उनी भाई बहिनी अथ...

तोते बोली बोल्ने केटी

Image
माथी भनीएकी केटी मेरी आफ्नै सान् बहिनी हो । पहिले तोते बोल्थी मेरी सान् बहिनी । सानै हुदा त स्वभाविक पनि थियो तर टिनएज पुग्दासम्म उसको बोली तोते नै सुनिन्थ्यो । उसलाई आफ्नो बोली तोते सुनिन्छ भन्ने थाहा नै थिएन रे । अरुले भन्दा पनि आफ्नो बोली त्यस्तो छ र भन्नेमा विश्वास लाग्थेन रे । यद्यपि उसको त्यहि बोली, बालापनजस्तो स्वभाव, हाँसो र कोमल अनि निर्दोष अनुहार भने सबै आफन्त र छरछिमेकीले मन पराउथे । त्यसैले त कम्ता माया पाउँथिन उसले सबैबाट । उसै त घरकै कान्छो सन्तान त्यसमाथी तोते बोली बोल्ने फुच्ची केटी । सबैको हाई हाई र मायाको पात्र थिई । कहिले काही पारिवारिक जमघटमा उसको बोली अनि निर्दोषपनको चर्चा हुन्थ्यो । भन्थे, “जन्मेर यति राम्री र मायालाग्दी हुनलाई रहेछ र पो त्यस्तो औषधीलाई पनि जितेर जन्मेकी यो केटी ।” यस्तो कुरा सुन्दा पहिले त हामीले बुझेकै थिएनौं । म हुर्किसकेको सन्तान, मैले त बुझेको थिइन भने त्यो त झन् बच्ची । तर नबुझे पनि आफ्नो तारिफ गरेको सम्झेर बेफिक्री हाँसीदिन्थी र सबैलाई फेरी हायलकायल पारी दिन्थी ।  सानी उपनाम दिएका छौं उसलाई हामी सबैले । सबैले माया गरी सानी नै ...

टुक्रा टुक्री खुशीहरु......

Image
भुमिका : किशोरवयका केही यस्ता दिनहरु सम्झिन्छु जतिबेला आफ्नो डायरीमा आफना राम्रा र नराम्रा (बिकासे भाषामा भन्नुपर्दा सकारात्मक र सुधारात्मक ) पक्षहरुको सुची बनाइन्थ्यो । सुची  पढेर मख्ख पनि परिन्थ्यो । राम्रा पक्षहरुले त यसै पनि मख्ख पार्थे नराम्राहरु देखेर पनि त्यति दुख लाग्थेन । किनकी आफना नराम्रा पक्षहरु के के हुन भन्ने आफुलाई थाहा छ र आगामी दिनहरुमा त्यसलाई सुधार गर्न सकिन्छ है भन्ने यथार्थ बोधले दुखी होइन उत्साहित नै बनाउदो रहेछ । जसलाई आजभन्दा भोलि र यो साल भन्दा अर्को साल माझेर राम्रो बनाउने अठोट मनभरि लिएको पनि हुन्थे । यो क्रम अझ जारी भइरहेकोले के कति आफुलाइ माझ्न सफल भए भन्ने कुराको निचोड सायद अहिले नै गर्ने बेला भएको छैन । यद्यपि ती कुराहरु अहिले सम्झिदा पनि अनौठो खालको रमाइलो भने लाग्दो रहेछ । यी त भए स्वमुल्याङ्कनका कुरा आफुमै सिमित आफना गन्थन मन्थनका कुरा .....तर जीबनका केही क्षण अरुले आफनो मुल्याङ्कन गरी पृष्ठपोषण दिएका घडीहरु पनि मेरो मानसपटलमा ताजै छन् र यदाकदा स्मृतीमाझ आएर मलाई झकझक्याएर जान्छन् । खुशी दिएर जान्छन् । ती क्षणहरु केही यस्ता छन् ।

पकेटमारको फेला पर्दा

Image
शहरमा चोर लाग्र्छ ! शहरमा पकेटमारहरुको बिगबिगी हुन्छ ! शहरमा गाउँका सोझा मान्छेहरुलाई ठग्ने, हेप्ने गरिन्छ ! त्यसैले शहरमा सजग भएर हिड्नु पर्छ ! यस्ता  कुराहरु धेरै सुनेकी थिए गाउँमा | ह्या… कसरी ठग्छन ? कसरी चोर्छन ? हाम्रो आँखा,दिमाग नभएको हो र? यस्तै कुराहरु गरेर टारी दिने गर्थे | तर, अघिल्लो बिहिबार (july 29,2011) थाहै नपाइ आफू पकेटमारको सिकार बने पछी भने यस्ता तितो यथार्थहरुसंग साक्षात्कार् भएको महशुश गर्न पुगे | भर्खर भर्खर शहर आएर सानो तिनो काम गर्न थाले पछी मलाई मेरो बोसले प्राय भनिरहनु हुन्थ्यो, कि तिमीले यो शहरमा संघर्ष गर्ने क्रममा मात्र असली जीवन के हो भनेर बुझ्नेछौ | यहाँ दिनदिनै संघर्ष गर्नु पर्छ र पल पलमा सतर्क रहनु पर्छ | तिमी माइक्रो चढेर आफ्नो डेरामा फर्किनलाई समेत संघर्ष गर्नु पर्छ | अरुलाई ठेलेरै जान सक्नु पर्छ | यदि त्यसो गरेनौ भने र सबै गएपछी पसौला नि भन्छौ भने ढाड कुप्रिने गरेर उभिनु पर्छ, नत्र अर्को अनि अर्को माइक्रोलाई कुर्दैमा तिम्रो समय जान्छ तर पनि तिमी सहज संग यात्रा गर्न सक्दैनौ | तिम्रो गाउँ जस्तो कहाँ हो र यो शहर ? यहाँ स्मार...