Posts

Showing posts from February 16, 2015

एउटा रोचक प्रेम प्रस्ताब

Image
भ्यालेन्टाइन पर्व हिडेको नि एक हप्ता बढी भै सक्यो   |   यस्तो झिना मसिना कुरा के लेखिरहनु भन्ने सोच्दै थिएँ   |   तर नलेखी मन नै नमान्ला जस्तो भो   |   यसरी लेखाइमा आफुलाई प्रकट गर्नु पनि नशा जत्तिकै हुदो रहेछ   |   त्यसमाथि साथीभाई संगै कुरा गरे जसरी लेख्ने बानी छ आफ्नो त ! गाउँमा जब रोपाईको मारामार हुन्छ मेलापातको लागि पर्म भने जस्तो   …. तँ फलानो दिन मेरो मेलामा आइज न है भने जस्तै हुन खोज्द्दै थियो मलाई यो पालिको भ्यालेन्टाइन डे   |   एक हप्ता अगाडी नै मेरो साथी सर्कलको एउटा केटोले कल गरेर त्यस्तै त्यस्तै कुरा गर्यो   | उसको भनाइ अनुसार ,   उसले अहिले सम्म देखेको ,   भेटेको केटीहरु मध्ये म नै सबै भन्दा राम्री अनि असल अरे   |   मान्छेहरु अरुलाई फुर्क्याउन के के भन्छन भन्ने मलाई थाहै नभए जस्तो क्या ! उसले अहिले सम्म कसैलाई आफ्नो गल्फ्रेंड बनाएको छैन रे ! कतिन साँचो र झुट बिचको भेउ नै पाउन नसक्ने जस्तो मैले ! उसका कुराहरु सुन्दै बनावटी ,   होमा हो मिलाउदै मन मनै हासें   |   सब भन्दा...