Posts

Showing posts from January 12, 2015

टेन्स मिल्ने सेन्स नमिल्ने कुरा गर्नेहरु देखि …

Image
कुरा करिब ७ महिना अघिको हो | मलाई कुनै कामको अफर गर्दै एउटा कल आउने वाला थियो | म त्यसैको प्रतीक्षामा थिए | जब फोनको घन्टी बज्यो एउटा पुरुष आवाज मेरो कानमा आएर ठोक्कियो " हेलो , हजुर ऋतु जी बोल्नु भएको हो ? उहाँ संग थोरै काम भएर कल गरको …|" " हजुर म नै हुँ ऋतु , भन्नुस के काम थियो होला ? " " ए मेरो नाम शैलेश..हजुरको साथी संगीताले मलाई यो नम्बर दिनुभएको थियो | हजुरसंग कामको शिलशिलामा केहि कुरा गर्नु छ के हामी एकछिन भेटेर कुरा गर्न सक्छौ ? " " हवस् किन नहुनु ? बरु समय स्थान बताइदिनु भए बेश हुन्थ्यो |" " भोलि ३ बजेतिर लैनचौरतिर आउनुस न त हुन्छ ?" " हुन्छ म कल गर्नेछु त्यसो भए भोलि त्यहाँ पुगेर |" " हवस् त त्यसो भए अहिलेलाई राखौ है त ?" " हुन्छ " काठमाडौँमा काम पाउन गाह्रो हुन्छ भन्ने सुनेकी थिए तर आएको ३ दिनमै कामको लागि फोन आउदा मलाई औधी खुसी लाग्यो | र यो संयोग मेरी साथी संगीतबाट जुरेको थियो | नचिनेको , नदेखेको मानिसलाई पहिलोचोटी भेट्नु बढो दुख हुने रहेछ तर रमाइलो पनि | त्यो मेरो जीवन...