Posts

Showing posts from January 11, 2015

मेरी हजुरआमाको हिन्दी सिरियल मोह

Image
सन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे ! अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड बासीहरु जसलाई हजुरआमा ‘ नागा ’ भनेर सम्बोधन गर्नु हुन्छ , उनीहरुको रहनसहन , वस्त्र , जातीइतर् मानिससंग गर्ने ब्यबहार सबै अनौठो थियो भनि बताउनु हुन्छ | नेपालको एक बिकट गाउँबाट सात समुन्द्र पारी ( उहाँकै शब्दमा ) जाँदा ती परिवेशहरु अनौठो लाग्नु स्वाभाविकै पनि हो | त्यसमाथि घरायशी सीमाको सानो संसारबाट बाहिर चियाउन नसक्नाले ती परिवेशहरु जहिल्यै असहज भएको अनुभव रहेछ उहांसंग | देशको चौघेराबाट बाहिर जाँदा अशिक्षित् व्यक्तिलाई पर्ने भाषागत समस्याले उहाँलाई पनि धुरुक्कै रुवाएको रैछ | हजुरबुवाको सरुवै पिच्छे स्थान फेरी फेरी लगभग ४ बर्ष भारत बस्दा पनि हिन्दीमा जम्न गारो भएको थियो रे उहाँलाई | अचेल समय केहि बदलिएको छ | हजुरबुवा बित्नुभएको ८ बर्ष पुग्यो | उहाँसंग बिताएका दिनहरुको याद   अहिले पनि ताजै होलान तर हिन्दी नबुझ्द...