क्याम्पस गफ
" हेर न यो गम्भीर भन्ने केटो कति हल्ला गर्छ है रिसै उठ्दो | " " त्यही त भन्या नाम चै गम्भीर रे मान्छे चै कति वकवके हो है ?" " अँ भन्या दिक्क लाग्दो … यो मान्छेले नजानेरै सोधेको हो त म्यामसंग ?" " ह्य़ा … के नजानेर नि म्यामलाई जाचेको होला नि | " " त्यस्तै देखिन्छ त नि खाली क्रस क्वैस्चन गर्छ त नि ह्या क्लासमा हल्ला भाको यो मान्छेले किन ध्यान नदेको होला के !" " दिमाग भए पो ध्यान दिन्छ , दिमाग नै उडेको जस्तो छ देखेनौ कस्तो वाहियात प्रश्नहरु पनि सोध्छ ?" " त्यहि त जे.पी.टी. सोधेर हैरान के !" क्याम्पसको पढाइ सुरु भएदेखि २/४ दिन यता खालि प्रश्नहरु मात्र सोधेर जान्ने र बुझ्ने जस्तो देखिन खोज्ने एउटा केटो प्रति लक्ष्यित गर्दै म र मेरो साथीले गरेको कुराकानी थियो यो …| उसलाई प्रश्न नै नगर्न पनि भन्न सकिन्नथ्यो यता आफुलाई भने कक्षामा हुन गएको हल्लाले गर्दा दिक्दार लागेको थियो त्यसैले मैले आफ्नो दिक्दारी यसरी नै आफ्नो साथीसंग पोखेकी थिएँ | कक्षामा धेरै कम बोल्ने अन्तर्मुखी स्वभावकी मलाई उसको हाउभाउ र अनाबस्यक वक...