लाज (भाग -१)
स्कूलमा पढाउन थालेको यो सहित ३ वर्ष हुन लाग्यो । अर्को वर्ष काम छोडेर पढ्न शहर पस्ने योजना छ । पढाउन थाले देखि खुब राम्रो मिलाएर साडी लगाउन आउने भा’की छु । मिसहरुलाई अनिवार्य साडीको नियम राखेको छ स्कूलले । सबै क्लास सकेर घर फर्किने तरखरमा थिएँ । अन्य स्टाफहरु सबै घर हिडिसकेछन् । त्यत्तिनैखेर एउटा अपरिचित अनुहार अर्पझट अफिसभित्र पस्यो । उसको प्रवेश र नियत आँकलन गर्दा धेरै दिन देखि उसले मेरो दैनिकी पछ्याइ रहे झैं भान भयो । अब उसको प्रवृत्ति पोखिने पालो थियो, एकाएक म माथि जाइलाग्यो । नियत भन्नै परोइन, कौरव सभामा द्रौपदीको चीरहरण गरे झैं उसले मेरो सारी तान्यो ! म भाग्न खोजे । झनै उसको पञ्जामा जकडिएँ । तानातानमा त्यो सूतिको साडी कति टुक्रा भयो । पेटिकोट र व्लाउजको त नामो निशान रहेन । म डरले कालो निलो देखिन थालीसकेको थिएँ । आफ्नो अर्धनग्न शरीरलाई आफैले हेर्न सकिन । धेरै डरले अनि अलिकति लाजले । त्यसरी आफ्नै शरीरलाई पहिले कहिल्यै नियालेको भए न हो ! त्यत्तिनै खेर स्कूलमा काम गर्ने दिदी बास बस्न टुप्लुक्क आइपुग्नु भयो । मलाई भित्र कराइरहेको देखेर सिसाको झ््याल फोडी चुकुल खोल्न लाग्नुभो । त्...