Posts

Showing posts from December 21, 2015

पकेटमारको फेला पर्दा

Image
शहरमा चोर लाग्र्छ ! शहरमा पकेटमारहरुको बिगबिगी हुन्छ ! शहरमा गाउँका सोझा मान्छेहरुलाई ठग्ने, हेप्ने गरिन्छ ! त्यसैले शहरमा सजग भएर हिड्नु पर्छ ! यस्ता  कुराहरु धेरै सुनेकी थिए गाउँमा | ह्या… कसरी ठग्छन ? कसरी चोर्छन ? हाम्रो आँखा,दिमाग नभएको हो र? यस्तै कुराहरु गरेर टारी दिने गर्थे | तर, अघिल्लो बिहिबार (july 29,2011) थाहै नपाइ आफू पकेटमारको सिकार बने पछी भने यस्ता तितो यथार्थहरुसंग साक्षात्कार् भएको महशुश गर्न पुगे | भर्खर भर्खर शहर आएर सानो तिनो काम गर्न थाले पछी मलाई मेरो बोसले प्राय भनिरहनु हुन्थ्यो, कि तिमीले यो शहरमा संघर्ष गर्ने क्रममा मात्र असली जीवन के हो भनेर बुझ्नेछौ | यहाँ दिनदिनै संघर्ष गर्नु पर्छ र पल पलमा सतर्क रहनु पर्छ | तिमी माइक्रो चढेर आफ्नो डेरामा फर्किनलाई समेत संघर्ष गर्नु पर्छ | अरुलाई ठेलेरै जान सक्नु पर्छ | यदि त्यसो गरेनौ भने र सबै गएपछी पसौला नि भन्छौ भने ढाड कुप्रिने गरेर उभिनु पर्छ, नत्र अर्को अनि अर्को माइक्रोलाई कुर्दैमा तिम्रो समय जान्छ तर पनि तिमी सहज संग यात्रा गर्न सक्दैनौ | तिम्रो गाउँ जस्तो कहाँ हो र यो शहर ? यहाँ स्मार...