एक दिन,ल क्याम्पस भित्र
गाउँमा पढ्दा गुरुहरुले प्रश्न गर , मलाई नजानेको कुरा सोध भनेर बारम्बार कराउनु हुदाँ पनि हामी घोसे मुन्टो लगाएर चुप चाप बस्ने गरेको कुरा यति खेर खुब याद आइरहेको छ | दिन दिनै जसो गुरुहरुबाट केहि मिनेटको बक्तब्य आउथ्यो हाम्रो मौनता बिरुद्द | सोच्नुभो होला स्नातक तह जस्तोमा पढ्ने बिद्यार्थीहरुले पक्कै पनि केहि असहमति सहित क्याम्पस बिरुद्ध केहि मौन आन्दोलन गरेका होलान तर कुरा त्यसो हैन सहरमा जस्तो हाम्रो गाउँ तिर भर्खर भर्खर खोलिएको क्याम्पसमा राजनीतिक खिचातानीको छायाँ सम्म पनि परेको थिएन | हामी सारै लाटा बिद्यार्थीको बर्गमा पर्थ्यौ | दोहोरो अन्तरक्रिया भन्ने फिटीकै हुदैनथ्यो | कक्षाकोठा यति शान्त हुन्थ्यो कि एउटा गुरुले त हामीलाई तोकेरै भन्नु भएको थियो "तिमीहरुले गरी खादैनौ अहँ छुल्याई बठयाँइ गर्न नसक्ने मान्छे यो दुनियाँमा बाँच्नै मुस्किल छ | तिमीहरुले के गर्लौ त खै एउटा कुरा पनि सोध्दैनौ त ? कि त सबै कुरा जानेर सोध्दैन मान्छेले कि त केहि कुरा नि नजानेर सोध्दैन ……." आदि इत्यादी | अचम्म लाग्छ बा किन त्यस्तो भाको होला ? म त कमै मात्र बोल्ने मान्छे कमसे कम अरु त बोल्न पर्...