Posts

Showing posts from December 2, 2014

एक दिन,ल क्याम्पस भित्र

Image
गाउँमा पढ्दा गुरुहरुले प्रश्न गर , मलाई नजानेको कुरा सोध भनेर बारम्बार कराउनु हुदाँ पनि हामी घोसे मुन्टो लगाएर चुप चाप बस्ने गरेको कुरा यति खेर खुब याद आइरहेको छ | दिन दिनै जसो गुरुहरुबाट केहि मिनेटको बक्तब्य आउथ्यो हाम्रो मौनता बिरुद्द | सोच्नुभो होला स्नातक तह जस्तोमा पढ्ने बिद्यार्थीहरुले पक्कै पनि केहि असहमति सहित क्याम्पस बिरुद्ध केहि मौन आन्दोलन गरेका होलान तर कुरा त्यसो हैन सहरमा जस्तो हाम्रो गाउँ तिर भर्खर भर्खर खोलिएको क्याम्पसमा राजनीतिक खिचातानीको छायाँ सम्म पनि परेको थिएन | हामी सारै लाटा बिद्यार्थीको बर्गमा पर्थ्यौ | दोहोरो अन्तरक्रिया भन्ने फिटीकै हुदैनथ्यो | कक्षाकोठा यति शान्त हुन्थ्यो कि एउटा गुरुले त हामीलाई तोकेरै भन्नु भएको थियो "तिमीहरुले गरी खादैनौ अहँ   छुल्याई बठयाँइ गर्न नसक्ने मान्छे यो दुनियाँमा बाँच्नै मुस्किल छ |  तिमीहरुले के गर्लौ त खै एउटा कुरा पनि सोध्दैनौ त ? कि त सबै कुरा जानेर सोध्दैन मान्छेले कि त केहि कुरा नि नजानेर सोध्दैन ……."  आदि इत्यादी | अचम्म लाग्छ बा किन त्यस्तो भाको होला ? म त कमै मात्र बोल्ने मान्छे कमसे कम अरु त बोल्न पर्...

गोर्खेली भोगाइ

Image
करिब एक महिना पहिले जब म देशकै प्रमुख बिश्वबिद्यालय भनि चिनिएको त्रिभुवन बिश्वबिद्यालयमा पहिलो पटक प्रवेश गरेकी थिए ,   तब एक जना साथीसंग परिचय हुन पुगेको थियो   |   उनको नाम घर त अहिले सबै बिर्सि सकें      किनकी पचहत्तरै जिल्लाबाट आएका बिद्यार्थीहरुको महासागरमा म अहिले सम्म त अल्मलिइ रहेकी छु भने ,   त्यति बेला त झन् सुरुवाती अवस्थामा के हुने हो ,   कस्तो साथी भेटिने हुन आदि अन्योलतामै थिएं   |   परिचयको क्रममा जब मैले मेरो घर गोर्खा भएको बताएं उनले तुरुन्तै भनेका थिए , " पृथ्बीनारायण शाहले  किर्तिपुर विजय गर्दा किर्तिपुर बासीको नाक कान काटी सत्र धार्नी बनाएका थिए रे नि त हो त   ?" मैले पनि सुनेको सम्म न हो कसरी हो अथवा हैन भनुँ   ?   अर्को साथीले फेरी ठट्टा गर्दै भन्यो , " हामीलाई त गोर्खाबासी भनिहाल्नु भो तर किर्तिपुर बासीलाई चै नभन्नु होला ,   सबै मिलेर लखेटलान नि फेरी !!" "   हाहाहा …….. "   हाँसो गुन्जियो कक्षाभित्र   | त्यसपछि ,   मनकामना ,   गोर्खा दरबार ,   मनास्लु ...