एक दिन,ल क्याम्पस भित्र

गाउँमा पढ्दा गुरुहरुले प्रश्न गर, मलाई नजानेको कुरा सोध भनेर बारम्बार कराउनु हुदाँ पनि हामी घोसे मुन्टो लगाएर चुप चाप बस्ने गरेको कुरा यति खेर खुब याद आइरहेको छ | दिन दिनै जसो गुरुहरुबाट केहि मिनेटको बक्तब्य आउथ्यो हाम्रो मौनता बिरुद्द | सोच्नुभो होला स्नातक तह जस्तोमा पढ्ने बिद्यार्थीहरुले पक्कै पनि केहि असहमति सहित क्याम्पस बिरुद्ध केहि मौन आन्दोलन गरेका होलान तर कुरा त्यसो हैन सहरमा जस्तो हाम्रो गाउँ तिर भर्खर भर्खर खोलिएको क्याम्पसमा राजनीतिक खिचातानीको छायाँ सम्म पनि परेको थिएन | हामी सारै लाटा बिद्यार्थीको बर्गमा पर्थ्यौ | दोहोरो अन्तरक्रिया भन्ने फिटीकै हुदैनथ्यो | कक्षाकोठा यति शान्त हुन्थ्यो कि एउटा गुरुले त हामीलाई तोकेरै भन्नु भएको थियो "तिमीहरुले गरी खादैनौ अहँ  छुल्याई बठयाँइ गर्न नसक्ने मान्छे यो दुनियाँमा बाँच्नै मुस्किल छ तिमीहरुले के गर्लौ त खै एउटा कुरा पनि सोध्दैनौ त? कि त सबै कुरा जानेर सोध्दैन मान्छेले कि त केहि कुरा नि नजानेर सोध्दैन ……." आदि इत्यादी | अचम्म लाग्छ बा किन त्यस्तो भाको होला? म त कमै मात्र बोल्ने मान्छे कमसे कम अरु त बोल्न पर्छ नि ! अब गाउँले परिवेश र त्यहाँका बिद्यार्थीहरुको मनोवृति तपाइँहरु फुर्सदमा सोच्दै गर्नुहोला तर यतिखेर मलाई ति दिनहरु किन याद आइरहेकाछन भन्ने कुरा चै पहिले गरिहालौ |
यतिखेर  स्नातकोत्तर पढ्ने र सहरी परिवेश चिन्ने दिमागमा भुत सवार भएर राजधानीको क्याम्पसहरु चाहारिरहेकोछु | आम्मामा कति धेरै बिद्यार्थीहरु , कहाँ कहाँबाट आएका होलान यिनीहरुको लक्ष्य के के होला यो सोच्दा सोच्दै छक्क परेको पनि थिएँ पहिला त | कहाँ पढ्ने, पैसा कति लाग्ने हो त्यो अलग चिन्ताको बिषय फेरी | मसंगै शहर छिरेकी मेरी साथीलाई चै कानुन बिषयमा असाध्यै रुची | भृकुटीमण्डप ओहरदोहर गर्ने क्रममा "नेपाल ल क्याम्पस" देखे पछी उसले आफ्नो मन थाम्नै सकिन | त्यसैले संगसंगै हामी छिर्यौ सोध खोजका खातिर | जुनसुकै बिसयमा स्नातक गरेकाले पनि कानुनको स्नातक(LLB) गर्न सक्ने प्राबधान रहेछ | यसो एकदुईवटा क्लास लिइ हेरुन भन्ने साथीको इच्छा बमोजिम पढाई सुरु भएसी म पनि एक दिन त्यही मेसोमा कक्षाभित्र छिरें |
अच्चम्म , हाम्रो गाउँमा जस्तो कहाँ हो र ? यहाँ त बिद्यार्थी पनि धेरै | अझ भर्ना भए जतिका सबै आउने हो भने त धानी साध्य हुन्थेन रे | पोहोर १७०० भर्ना भएका मध्य २००/३०० जति नियमित थिए रे अहिले भर्ना हुने क्रम जारी हुँदै गर्दा  ५००/६०० त भर्ना पनि भइसके रे | कक्षा भित्र  सबै आ आफ्नै ध्यानमा मग्न थिए  | हामी पनि चारै तिर आँखा डुलाउदै बस्यौ|
 जब कक्षामा गुरुको प्रवेश भयो बाताबरण उल्लेख गर्न लायक भो अनि झल्झली आफुले कक्षामा पढ्ने  बेलाका बातावरण याद आए | बिद्यार्थीहरु सब एक से एक थिए | कानुनको धुरंदर अध्येता जस्ता लाग्थे जब पढ्ने क्रममा गुरुसंग नै उनीहरुको दरो बहस चल्थ्यो | त्यो बिषय नै आखिर त्यस्तै पर्यो | देशको राजनैतिक अवस्थालाई समेत समाबेश गर्ने हुनाले राजनैतिक बहस समेत चल्दा पठन पाठनको बिषय यसरी ओझेलमा पर्थ्यो मानौ त्यो स्नातक पहिलो बर्षको कक्षा नभईकन टिभीमा चल्ने कुनै सार्बजनिक सुनुवाई कार्यक्रम जस्तो लाग्थ्यो | जसरी राजनीति  देखि दिक्क भएका जनता कार्यक्रमा निम्त्याइएका नेताहरुलाई सवाल जवाफ गर्थे त्यसरी नै बिद्यार्थीहरु पनि गुरु संग जोशिदै बोलीरहेका थिए मानौ गुरु , गुरु नभएर कुनै नेता हुन् | अनि गुरुलाई पनि उनीहरुलाई शान्त बनाउन हम्मे हम्मे परेको थियो जसरी नेताहरुलाई जनताहरुको आबेश थाम्न हम्मे हम्मे पर्ने गर्छ | हे भगवान नजानेको कुरा सोध्नु त राम्रो बानी हो तर आफ्नो नैरास्यता, तनाब आदि कक्षामा पोख्नु के राम्रो  हो र ? त्यसमाथि पनि पढ्ने बिषय बस्तुलाई बंग्याएर …| देशमा यस्तो भएन ,त्यस्तो भएन, सरकारले यस्तो गरेन, यस्तो गर्नु पर्थ्यो आदि आदि सबैजना सरकारलाई दोष दिन्छन आफु भित्र भएको कमीलाई कहाँ देख्छन र ? आफुले गरेको अनावश्यक बहसले अरु हामी जस्ता विद्यार्थीलाई बाधा पुगेको कुरा खोइ ख्याल गर्न सकेको ? कक्षामा यो नेता यस्तो यो नेता उस्तो भनेर गफ दिने बिद्यार्थीहरु सांचिकै उही नेता सामु पर्दा त्यसरी नै जोशिएर बोल्ने सामर्थ्य राख्लान ? त्यस्तो भैदिएको भए आज किन प्राय  बिद्यार्थीनेताहरु कुनै राजनैतिकदलका  पुच्छर जस्ता लाग्थे र?
हो हाम्रो देशमा धेरै समस्याहरु बिधमान छन | सबैको सुची बनाएर साध्य नै छैन नेताहरुलाई गाली पनि कति गर्ने ? यधपी समस्या त्यता भन्दा हामी हामी भित्र बिधमान छन | धेरै कुरामा टिप्पणी मात्र गर्ने , त्यो कुरा आफुमा चै लागु नगर्ने यस्तै प्रबित्तिले हो हामी सधै फोहोरमै सड्न बाध्य छौं | यो कुरा प्राय सबैलाई थाहा पनि छ | कुनै नौलो कुरा हैन तै पनि हामी सुधारको कुरोमा आफुलाई बिर्सिन्छौ | त्यसैले हिन्दि फिल्म "रंग दे बसन्ती" मा "कुनै पनि देश आफैमा पूर्ण वा राम्रो हुदैन त्यसलाई राम्रो बनाउनु पर्छ" भने झैँ देशलाई पूर्ण बनाउन परिबर्तन हामीले नै सुरु गर्नु पर्छ | परिबर्तन मैले गर्नु पर्छ अनि परिबर्तन तपाईं हामीले गर्नु पर्छ |
कक्षा सकिएर सबैजना हिडे पछी हामी पनि आफ्नो बाटो लाग्यौ | तर केहि दिन सम्म म यहि सोचमा डुबे कि कानुन जस्तो बिषय लिएर पदने र त्यसैबाट देश अनि समाजलाई परिबर्तन गर्न अवसर सृजना गर्न सक्ने विद्यार्थीलाई त परिबर्तन मैले गर्नु पर्छ भन्ने महसुस हुदैन भने अरुको हालत के होला ? यदि यो कुरा उनीहरुले महसुस गर्देको भए सायद हामीले आफ्नो  गाउँको क्याम्पस र  सहर्तिरको क्याम्पसमा केहि भिन्नता रहेनछ भन्ने महसुस गर्न पाउथ्यौ होला |
Earlier Posted in :xnepali.net

Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता