लास्टाँ त्यै हो
हरेक पटक जब शैक्षिक सत्र सुरु हुन्छ , ‘ अघिल्लो साल जे भयो , भयो यो साल चै शुरु देखि नै नोट बनाएर मिहिनत गरेर पढ्छु ,’ भन्ने नयाँ जोश बढेर आउछ | २/४ दिन त शुरु शुरुका कक्षाहरुमा खुब ध्यान पनि दिइन्छ | घरमा आएर त्यो दिन पढेको पाठ पनि घोकिन्छ | जसै बिस्तारै बिस्तारै कोर्स अगाडी बढ्दै जान्छ , पढाइको रेलले पनि आफ्नो लिक छोड्दै जान्छ | अनि त म डाँडा वारि मेरो पढाइ डाँडा पारि !! आफ्नो पढाईलाइ आफ्नो प्रेमी मान्दी हुँ त "नदीको दुइ किनार जस्ता हामी एक अर्काको मिलन असम्भव हुने भो " भन्दै २/४ हरफका कबिता पनि कोरी टोपल्थें होला | तर शुरु शुरुमा पढाईसंगको प्रेम जुर्मुराए पनि लास्टाँ गएर त्यै हुन्छ , के गर्नु ? यो सब रमिते जीवनको रमिते चालामालाले गर्दा हुन गएको हो भन्ने पनि थाहा छ | अनि , भोलिबादले पनि राम्रै चलखेल गरे झैँ नि लाग्छ | कहिले नयाँ फिल्मको फस्ट शो , कहिले साथीहरुको जन्मदिन , बिहाबर्तन , बीचबीचमा पर्ने प्रेमदिवस देखि लिएर ५/६ वटा नयाँ बर्षहरु (लोसार सहित) अनि , कहिले क्याम्पस वा विभिन्न अखडाबाट सुरु भएर खुलामंच सम्म टुंगिने बिरोध , नारा जुलुस जस्ता कार्यकर्म | बन्दको त...