परिवर्तित तिज र पुरुष सहभागिता
तीज नजिकिदै गर्दा मलाई करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ | अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान : हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..| हुनत गाउँ र सहर बीच...