Posts

Showing posts from November 29, 2014

अब फेरी हाम्रो भेट होला त पुष्पा ?

Image
केहि समय अगाडी जोया अख्तर निर्देसित "जिन्दगी नामिलेगी दोबारा " हेरेकी थिए  | फ्लिम सामान्य लागे पनि यसको शिर्षकले भने मलाई साच्चै आकर्षित गरेको हो  |  किनकि फिल्मले भन्दा पनि बढी यसको शिर्षकले मलाई जीवनको सिमितताको बारेमा सोच्न प्रेरित गराएको थियो  |  समयको रफ्तार संगै त्यो सोचाई बिर्सेको रहेछु  |  आज फेरी परिस्थितिले मलाई पुन: त्यही सत्यलाई सम्झन अग्रसर गरायो  |  एउटा यस्तो घटना मार्फत जसलाई म जिन्दगीमा सायदै भुलौला  | पुष्पा मेरो पुर्व बिद्यार्थी थिइ  |  पुर्व यस अर्थमा कि उसको र मेरो शिक्षिका र विद्यार्थीको सम्बन्ध स्थापित भएको स्कुलमा आज हामी दुबैको उपस्थिति छैन  |  म पढ्नको निम्ति काठमाडौँ छिरे उ पनि यतैको कुनै बोर्डिंग तिर सिफ्ट भई  |  म काठमाडौँ छिरी नसक्दै तर उ बोर्डिंग छिरिसके पछी मलाई अचानक एकदिन उसले कल गरी : " हेलो ,  रिता मिस बोल्नु भएको हो ?" " हो  , के थियो होला  ?" " मिस म पुष्पा बोलेको के! क्लास फोरको स्टुडेन्ट , पुष्पा दुवादी  |" " ओहो पुष्पा !!!...