तँ त् सारै बिग्रिस नि रिते !
कुनै एक एपिसोड चर्चित कमेडी शो "कमेडी नाइट्स विथ कपिलमा यस्तो कथा वाचन गरिएको थियो (नेपालीमा रुपान्तरण ): " जब भगवानले दुनियाँ बनाए तब एउटा मर्द (पुरुष) बनाए र उसलाई धर्तीमा पठाए । त्यसपछि एउटा औरत (महिला) बनाए र उसलाई पनि धर्तीमा पठाए । तर धर्तीमा नबसी उनी स्वर्गमै फिर्ता भईन । भगवानले उनलाई फेरी पठाए फेरी फिर्ता भइन् । त्यसपछि भगवानले एउटा जुक्ति सोचे र एउटा ऐना बनाए । अनि ऐना र महिलालाई एकै पटक धर्तीमा पठाए । ऐना पाएर उनी धर्ती मै ब्यस्त हुन थालिन् । जसको साथ् ऐना थियो उनी श्रंगारमा ब्यस्त भइन् | जसको साथ् ऐना थिएन उनी परिवारमा ब्यस्त भइन् । " ग्रेट कमेडियन कपिलले यस्तो कथा सुनाइरहदा शोको हल हाँसो र तालीले गुञ्जाएमान हुनु नौलो कुरा भएन । म पनि जोड जोडले हाँसे । यधपि एपिसोड त्यहि खत्तम भो मेरो कहानी खत्तम भएन । यो दुनियाँमा खुशी रहनको लागि धेरै कुराहरु नजर अन्दाज गर्न सक्नुपर्छ । बुझ पचाउन सक्नुपर्छ वा भनौ बाल दिन जान्नु पर्छ । यो कथाको कुरालाई चै मैले बाल दिनै सकिन ! त्यो हुन्छ नि मनमा बिझे पछि कुराको गहिराइ सम्म पुग्न मन लाग्ने ! त्यसैले आवश्यक ...