तँ त् सारै बिग्रिस नि रिते !

कुनै एक एपिसोड चर्चित कमेडी शो "कमेडी नाइट्स विथ कपिलमा यस्तो कथा वाचन गरिएको थियो (नेपालीमा रुपान्तरण ): "जब भगवानले दुनियाँ बनाए तब एउटा मर्द (पुरुष) बनाए र उसलाई धर्तीमा पठाए त्यसपछि एउटा औरत (महिला) बनाए र उसलाई पनि धर्तीमा पठाए तर धर्तीमा नबसी उनी स्वर्गमै फिर्ता भईन भगवानले उनलाई फेरी पठाए फेरी फिर्ता भइन् त्यसपछि भगवानले एउटा जुक्ति सोचे र एउटा ऐना बनाए अनि ऐना र महिलालाई एकै पटक धर्तीमा पठाए ऐना पाएर उनी धर्ती मै ब्यस्त हुन थालिन् जसको साथ् ऐना थियो उनी श्रंगारमा ब्यस्त भइन् | जसको साथ् ऐना थिएन उनी परिवारमा ब्यस्त भइन् "ग्रेट कमेडियन कपिलले यस्तो कथा सुनाइरहदा शोको हल हाँसो र तालीले गुञ्जाएमान हुनु नौलो कुरा भएनम पनि जोड जोडले हाँसे यधपि एपिसोड त्यहि खत्तम भो मेरो कहानी खत्तम भएन

यो दुनियाँमा खुशी रहनको लागि धेरै कुराहरु नजर अन्दाज गर्न सक्नुपर्छ बुझ पचाउन सक्नुपर्छ वा भनौ बाल दिन जान्नु पर्छ यो कथाको कुरालाई चै मैले बाल दिनै सकिन ! त्यो हुन्छ नि मनमा बिझे पछि कुराको गहिराइ सम्म पुग्न मन लाग्ने ! त्यसैले आवश्यक त् थिएन तै पनि कथाको बिषयमा नसोची रहन सकिन | जे होस् कथाले महिलाहरुको श्रृगार र ऐना मोहलाई राम्रै संग व्यंग गरेको छ | नगरोस पनि किन ? बिचरा केटाहरु गलफ्रेन्डसंग यसो घुम्न निस्कुम भन्यो गलफ्रेन्डले तयार हुन ५ मिनेट टाइम देउ भन्दा भन्दै आधा घण्टासम्म कुराउने गरेको गुनासो मार्केटमा जो सुनिन्छ ! बिचरा एकातिर त्यसरी कुर्न पर्दा कति दिक्क लाग्दो हो ! अर्को तिर साधारण केटीहरुमा सितिमिति आँखा पनि त् पुग्दैन नि ! केटीहरुलाई पनि कम्ति सकस छ र ? ऐना अगाडीको मेहनत तुम क्या जानो गाउ वालो ? ;)
खैर जे होस् आफुले त्यस्तो सकसपूर्ण मेहनतलाई भने बाल दिइएको छ | धाकै सहि श्रृगार प्रति खासै मोह छैन | त्यसैले त् भगवानले बनाइ पठाको ऐनालाई खासै समय नदिने मलाई मेरै बैनीहरुले पनि भन्ने गर्छन " तँ त् सारै बिग्रिस नि रिते !" अलि अलि त् हेर्न हुने अन्वार बनार हिँड ! त्यस्तै कुनै पार्टीमा गैहाले भने, आफ्नो फुङ्ग उडेको अनुहारलाई अन्य चिल्ला, गोरा अनुहारहरु संग दाँज्दै म आफैसंग नि भन्न थाल्छु " तँ त् सारै बिग्रिस नि रिते !  के बिधि बैरागिएको जिन्दगी देखि ?" साँची भन्नुपर्दा राम्रा अनुहार देखेर त्यतिखेर क्षणिक इर्श्या पनि हुन्छ पछि गएर बिर्सन्छु त्यो आफ्नै ठाउँमा छ

यो सबै महसुस गरिरहँदा श्रृगार एउटा सिकाइ र आदत रहेछ भन्ने कुरा पनि थपिहाल्न मन लाग्यो | यस्तो आदत जुन बढ्दो उमेरसंगै केटीहरुले आफुमा "इन्टर्नलाइज" गर्न पुग्छन म उमेरमै यस्तरी बिग्रनुमा त्यो आदत "इन्टर्नलाइज" गर्ने माहौल नै नभएर हो कि भन्ने पनि लाग्छ | सानो छदा वरपरका दिदिहरुले श्रृगार गरेको देखिएन वा भनौ नोटिस गरिएन जब १३\ १४ मा टेकियो, शृंगारको भुत सवार त् भएकै हो , तर " आमा पाउडर किन्ने पैसा दिनु न्" भन्नै सकिन किनकि आमाले सधै "छोरी आफ्नो खुट्टामा उभिन प्रयास गर्नु नत्र दुख पाइन्छ " भन्ने गरेको कुराले नै मनमा बिझीरहेको हुन्थ्यो पछि आफ्नै कमाइले मेकअप बक्स किन्ने आशा सहित रहरहरुलाई थाँती राखे  एस. एल . सी . पास गरे पछि नजिकैको स्कुलमा पढाउने काम पाएर अलि अलि पैसा हात पर्न थाल्यो । तर त्यति थोरै पैसाले आफ्नो पढाइ अगाडी बधाउन पनि धौ धौ हुने त्यसमाथि नक्कल पारेर गए बिद्यार्थी, अभिभावकले के सोच्लान भन्ने लज्जा बोध !! पछि उमेर बढे संगै अलिकति भा'को श्रृगार मोह पनि बिचमै कतै छुट्दै गए | मात्र फेसबुकमा प्रोफाइल चेन्ज गर्ने बेला अब अलिकति जाँगर बस्न थाल्यो |
उसो त् आफ्नो साथी सर्कल पनि आफु जस्तै भएर होला , हरेक लवाइ र प्रस्तुतिलाई क्रिटिसाइज नगरी उल्टै तारिफ गरिदिने भएपछी मलाई पुगीहाल्यो ! म पनि झनै उत्साहित हुँदै साथीहरुलाई अर्ति दिन खप्पिस ! कि नक्कल पार्ने समय त् डिक्सनरी पल्टाएर एउटा शब्द सिक्नुमा लगाउनु जाति ! एकातिर पैसा र समयको बचत, अर्कोतिर दिमागको उपयोग ! भलै उपयोगी काम चै आफूबाट पनि हुने गरेको छैन है फेरी !! बरु गफ छाट्ने काम चै होला | यधपि श्रृगारमा पोख्त जमातको चै मैले बिरोध गरेको हैन | सबैको आ- आफ्नो रुचि र स्वतन्त्रता हुन्छ भन्ने कुराको म कदर गर्छु | बस कपिल शर्माको कथामा जस्तै हामी केटीहरुको समय त्यस्ता झिनामसिना काममा खर्च भइरंहदा जिन्दगीको प्रतिस्पर्धामा हामी पछि नपरौ भन्ने कुरामा चै सचेत रहनु पर्छ भन्ने मेरो मान्यता हो |
र अन्तमा ,
समाजले परिभाषित गरेको सौन्दर्यको दायराभित्र पर्न नसकेको ठान्ने तमाम आत्माहरुलाई भन्न चाहन्छु कि , आफुलाई अन्य राम्रा -राम्री शरीरहरुसंग दाँजेर दुखी कहिल्यै नहुनु | कहिल्यै हीन भावना पालेर नबस्नु र भौतिकताको पुजारी नबन्नु ! किनकि सुन्दर भाब भंगीमा बनाएर आत्मविश्वासका साथ् प्रस्तुत हुनु ठुलो कुरो हैन | तर भौतिकवादी यो दुनियामा आफु जस्तो छौं त्यस्तै साधारण रुपमा पुरा आत्मबिश्वास सहित प्रस्तुत हुनु जो कसैको बशको कुरा हैन |   जसले त्यो बश बाहिरको कुरा गर्न जान्दछ , मेरो बिचारमा उसले जिन्दगीको आधा संघर्ष सजिलै जितीसकेको हुनेछ !
अब अन्तिम पटक यो पनि,


Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता