आमाको छोडपत्र
आमैलाई ज्यानमा चाँडै चिसो लाग्छ । बालाई भने नुहाएर पनि रातभर सिलिङ्गको पंखा चलाएर सुत्नुपर्छ । यहि कुरामा बाआमाको मतभेद भइरहन्छ । यो त सानो उदाहरण मात्र हो । यस्ता नमिल्ने कुरा त कति छन् कति । तर हरेक पटक आमाले नै सम्झौता गर्नुपर्छ । आमाले नै बुझिदिनुपर्छ । मिलिदिनुपर्छ । सहिदिनुपर्छ । कति कुरा त आमाको जिद्धिमा भएको पनि छ र भएका कामको परिणामा राम्रो पनि आएकोे छ । नराम्रो आएको खण्डमा बुवा टिप्पणी दिन चुक्नुहुन्न ः मैले पहिल्यै भनेको थिएँ नि तँलाई । थाहा पाईस् नि ? बा आमाबीचको बेमेल प्रति म सानैदेखि परिचित थिएँ । सायद आईमाई भएपछि यति सम्झौता गर्नुपर्ने रहेछ भनेर त्यतिबेलै मलाई पाठ पढाईएकोले मैले केही भन्न नसकेकी हुँ । जब अलिक पढ्ने, यता उताको कुरा सुन्ने भएँ तब महिला र पुरुष त समान मानिसहरु रहेछन् । आफूलाई मन नलागेको र मन नपरेको कुरा सहेर नबसे पनि हुने रहेछ भनेर बुझ्न थालँे । तर आफूले बुझ्नु र त्यसलाई व्यबहारमा उतार्न त गाह्रो रहेछ । अझ अरुलाई उतार्न लगाउनु त झनै गाह्रो । केही महिना अघिको कुरा हो । आमासँग म फोनमा कुरा गर्दै थिएँ । मैले बाको पनि हालखबर सोधँे । आमाले उही ...