आमाको छोडपत्र
आमैलाई ज्यानमा चाँडै चिसो लाग्छ ।
बालाई भने नुहाएर पनि रातभर सिलिङ्गको पंखा चलाएर सुत्नुपर्छ ।
यहि कुरामा बाआमाको मतभेद भइरहन्छ । यो त सानो उदाहरण मात्र हो । यस्ता नमिल्ने कुरा त कति छन् कति । तर हरेक पटक आमाले नै सम्झौता गर्नुपर्छ । आमाले नै बुझिदिनुपर्छ । मिलिदिनुपर्छ । सहिदिनुपर्छ ।
कति कुरा त आमाको जिद्धिमा भएको पनि छ र भएका कामको परिणामा राम्रो पनि आएकोे छ । नराम्रो आएको खण्डमा बुवा टिप्पणी दिन चुक्नुहुन्न ः मैले पहिल्यै भनेको थिएँ नि तँलाई । थाहा पाईस् नि ?
बा आमाबीचको बेमेल प्रति म सानैदेखि परिचित थिएँ । सायद आईमाई भएपछि यति सम्झौता गर्नुपर्ने रहेछ भनेर त्यतिबेलै मलाई पाठ पढाईएकोले मैले केही भन्न नसकेकी हुँ । जब अलिक पढ्ने, यता उताको कुरा सुन्ने भएँ तब महिला र पुरुष त समान मानिसहरु रहेछन् । आफूलाई मन नलागेको र मन नपरेको कुरा सहेर नबसे पनि हुने रहेछ भनेर बुझ्न थालँे । तर आफूले बुझ्नु र त्यसलाई व्यबहारमा उतार्न त गाह्रो रहेछ । अझ अरुलाई उतार्न लगाउनु त झनै गाह्रो ।
केही महिना अघिको कुरा हो । आमासँग म फोनमा कुरा गर्दै थिएँ । मैले बाको पनि हालखबर सोधँे । आमाले उही विरक्तिएको पारामा भन्नु भो, तेरो बाको के कुरा गरी साध्य........सधैं उही त हो नि । आफ्नै कुरा जित्नु पर्छ । मैले भनेर केही हुँदैन । तँलाई थाहा छदै छ त ।
आमालाई कति गाह्रो छ मलाई थाहा छ । के के कुरामा मात्र सहेर बस्नुपर्छ भन्ने पनि थाहा छ । बालाई झेल्न थालेकै लगभग ३० वर्ष हुन थालीसक्यो । तर मैले जानेर पनि के भन्नु ? त्योबेला भने मेरो मौनता तोडियो सायद । खै कुनी के मनमा लागेर हो मैले भनेँ , त्यस्तो साह्रै गाह्रो हो भने बासँग छोडपत्र गर्नु न त । परेको हामी छोरीहरुले बेहोरौला ।
आमाको अट्टाहाँस हाँसो सुनियो । हाहाहाहा.......अब यो बुढेसकालमा आएर के छोडपत्र दिनु हौं ।
ल.......मैले बिहेको ३५ वर्षमा छोडपत्र गरेको महिलाको कथा हिजो मात्र पढेको । अस्तिन खै कुन हो गाँउमा छोडपत्र गरेको बुढाबुढी घर एउटै तर भान्छा र ओछ्यान फरक गरेर बसेको कहानी पत्रिकामा पढेको थिएँ । मैले आमालाई सम्झाउदै अरु उदाहरणहरु दिएँ ।
आमाले उहीँ हाँसोमा भन्नुभयो, हाई मैले छोडें भने तेरो बा कहाँ जालान् यो बुढेसकालमा । यो मायाको राजनीति बुझिसक्नुको छैन । म मनमनै गम्न थालेँ ।
त्यो कुरा यत्तिकै टुङ्गियो ।
अब आजको कुरा ।
आज पनि सधैं झै आमासँग फोनमा कुरा हुदै थियो । शनिबारको दिनमा पनि कति मिटिङ्गमा जान्छस् ? आमा चिन्ता गर्दै हुनुहुन्थ्यो ।
मैले जानै पर्छ नि आमा, आफ्नो काम हो भनेँ ।
तैलेँ गर्ने काम भनेको त्यहीँ सबैलाई छोडपत्र गर् भन्दै हिड्ने त होला नि होइन ? हाहाहा । आमाले फेरि अचानक ठट्टा गर्नुभयो । आमाले कहाँको कुरा कहाँ लगेर जोडेकोले मैले पनि हाँसो रोक्न सकिँन । दुई आमाछोरी कत्तिबेर सम्म हाँसी नै रह्यौ ।
हैन त? तैँले त्यही त भन्ने होला नि सबैलाई ? आमाले फेरि भन्नुभो ।
हाहा होइन के । सकेसम्म त सम्झाउने हो । दुबैको राम्रो होस् भन्ने नै हो । अब सक्दै नसके पछि त अन्तिम उपाय लाउनै पर्यो नि । खै मेरो कुरा आमालाई कस्तो लाग्यो थाहा छैन । तर आमाले यो जुनिमा जति दुख पाएर भए पनि छोडपत्र नगर्नुहोला भन्नेमा चाहि म विश्वस्त छु ।
तर खुशी यसैमा छु, आमाले पनि मलाई अरुले जस्तै घरभँडुवा नारीवादी भन्नु भएन । त्यो कहियै भन्नुहुने पनि छैन ! आमाले नपढे पनि धेरै कुरा बुझ्नुभाको छ अरु पढेका मुर्खहरु जस्तो हुनुहुन्न । तपसिलका हाँस्ने हँसाउने कुराहरु त छदै छन् । चलिरहन्छन् ।
***

Comments
Post a Comment