बिज्ञापनमा सृजनशीलता
आफ्नो मन पर्ने कार्यक्रम टि.भीमा आइरहदा फ्याट्ट बिज्ञापन आइदियो भने कस्तो हुन्छ ? भनिरहन नपर्ला पक्कै पनि रिस उठ्छ , दिक्क लाग्छ | मलाई पनि तितो सत्य , युगान्तर जस्ता कार्यक्रम हेर्दा बीचमा आउने बिज्ञापनले झर्को लाग्छ उता कलर्समा बालिका बधु हेर्दा पनि त्यस्तै …| यद्यपी नचाहदा नचाहदै हेर्नु पर्ने त्यस्ता बिज्ञापनहरुले अचेल साँच्चै ध्यान खिचिरहेको छ मेरो | सम्झनुस त त्यो "मेन्टोस खाओ दिमाग कि बत्ति जालाओ" भन्ने कार्टुन बिज्ञापन जहाँ मेन्टोस खाए पछि पहिले मान्छेको पुर्खालाई शासन गरिरहेको गधा कसरी मान्छेकै चंगुलमा फस्छ !अथवा सर्फ एक्सलको त्यो "दाग लग्ने से कुछ अच्छा हो तो दाग अच्छे हे " भन्ने बिज्ञापन | के यस्ता बिज्ञापन पहिलो चोटी टि.भीमा हेर्दा तपाईंलाई रोचक लागेको थिएन र ? नढाँटी भन्नु पर्दा मलाई त मन परेको हो है! हुन त पत्याउन गार्हो पर्ने बिज्ञापनहरु नि देखिन्छन तै पनि बिज्ञापनहरुमा नयाँ नयाँ प्रयोग र सृजनशीलता छाएको कुरो चै साँचो हो | तर म खाली यँहा भारतीय ...