बिज्ञापनमा सृजनशीलता

आफ्नो मन पर्ने कार्यक्रम टि.भीमा आइरहदा फ्याट्ट बिज्ञापन आइदियो भने कस्तो हुन्छ ?भनिरहन नपर्ला पक्कै पनि रिस उठ्छ ,दिक्क लाग्छ | मलाई पनि तितो सत्ययुगान्तर जस्ता कार्यक्रम हेर्दा बीचमा आउने बिज्ञापनले झर्को लाग्छ उता कलर्समा बालिका बधु हेर्दा पनि त्यस्तै …| 
यद्यपी नचाहदा नचाहदै हेर्नु पर्ने त्यस्ता बिज्ञापनहरुले अचेल साँच्चै  ध्यान खिचिरहेको छ मेरोसम्झनुस त त्यो "मेन्टोस खाओ दिमाग कि बत्ति जालाओ" भन्ने कार्टुन बिज्ञापन जहाँ

 मेन्टोस खाए पछि पहिले मान्छेको पुर्खालाई शासन गरिरहेको गधा कसरी मान्छेकै चंगुलमा फस्छ !अथवा सर्फ एक्सलको त्यो "दाग लग्ने से कुछ अच्छा हो तो दाग अच्छे हे " भन्ने बिज्ञापनके यस्ता बिज्ञापन पहिलो चोटी टि.भीमा हेर्दा तपाईंलाई रोचक लागेको थिएन र ? नढाँटी भन्नु पर्दा मलाई त मन परेको हो है! हुन त पत्याउन गार्हो पर्ने बिज्ञापनहरु नि देखिन्छन तै पनि बिज्ञापनहरुमा नयाँ नयाँ प्रयोग र सृजनशीलता छाएको  कुरो चै साँचो हो |तर म खाली यँहा भारतीय  बिज्ञापनको कुरा गरिरहेछु|
नेपाली बिज्ञापनहरुको कुरा गर्दा अधिकांस त्यही भारतीय बिज्ञापनको हुबहु डबिंगमा भर परेको हामी पाउछौं | केहि नितान्त नेपाली बिज्ञापनमा नौलोपन र सृजनात्मकता त हुन्छ  नै तर त्यतिले मात्र काफी हुदैन |प्रचारमूखी आजको युगमा आफ्नो उत्पादनलाई बिस्तार गर्न बिज्ञापनले ठुलो भूमिका खेलेको हुन्छ र त्यसको लागि बिज्ञापन निर्माताहरुको क्रियाशीलता आवस्यक हुन्छ | त्यसो  हुँदा बिज्ञापनले ब्यापारको मात्र ख्याल नगरी केहि संदेश अथवा मनोरंजन मात्र  भए पनि दिन सके हामी दर्शकहरुले कार्यक्रमको बीचबीचमा झर्को मान्नु पर्ने अवस्था आउने थिएन कि ? त्यसो हुँदा एकातिर उत्पादनकर्ताहरुको पनि लक्ष्य पुरा हुने र हामी दर्शकहरुको समेत भलो हुने कुरामा कसैको पनि दुईमत नहोला |

Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता