सानी नानीहरुको मेकअप मोह
धेरै महिला अनि केहि पुरुषहरु आफ्ना साना बच्चीहरुले मेकअप गरेको फोटो सेयर गर्दै भन्ने गर्छन " आइमाईलाई त् भगवानले नै नक्कल पार्न सिकाएर पठाका हुन्छन कि क्या हो ?" त्यसो भनिरहदा , उनीहरुले भगवानको अमूर्तता त् ख्याल गरेनन ठिकै छ , तर आफ्नो वरपरको श्रिङ्गारिक बातावरणलाई चै चटक्कै बिर्सेको देख्दा ताज्जुप लाग्छ! जसलाई देखी देखी एउटी हुर्कदै गरेको बच्चीमा शृंगारको रस पसिसकेको हुन्छ | एउटी बच्चीले सिक्ने भनेकै आफ्नो परिवार , आफन्त अनि थोरै प्रबिधि (पहुच भए सम्म )वाट न हुन् | आमा दिदि काकी फुपूका शृंगार शैली अनि धेर थोर टिभी वा फिल्मका हेरोइनको नक्कल , बस त्यति हुन् एउटी बच्चीको शृंगार गुरु !! यति कुरा पनि बुझ्न नसक्ने दिमाग पनि कस्तो बनाइ दिन्छन क्या भगवानले ! म भन्दिन कि शृंगार नराम्रो कुरा हो , यसले उसले कसैले गर्नु हुन्न | मलाई शृंगारमा रुचि छैन यसको मतलब म सहि छु र जसलाई रुचि छ उ गलत भन्ने पनि हैन सबैको आ-आफ्नो रुचि चाहना र आवश्यकताहरु छन् | त्यसको म सम्मान पनि गर्छु ...