सानी नानीहरुको मेकअप मोह

धेरै महिला अनि केहि पुरुषहरु आफ्ना साना बच्चीहरुले मेकअप गरेको फोटो सेयर गर्दै भन्ने गर्छन " आइमाईलाई त् भगवानले नै नक्कल पार्न सिकाएर पठाका हुन्छन कि क्या हो ?"त्यसो भनिरहदा, उनीहरुले भगवानको अमूर्तता त् ख्याल गरेनन ठिकै छ, तर आफ्नो वरपरको श्रिङ्गारिक बातावरणलाई चै चटक्कै बिर्सेको देख्दा ताज्जुप लाग्छ!

 
जसलाई देखी देखी एउटी हुर्कदै गरेको बच्चीमा शृंगारको रस पसिसकेको हुन्छ | एउटी बच्चीले सिक्ने भनेकै आफ्नो परिवार, आफन्त अनि थोरै प्रबिधि (पहुच भए सम्म )वाट न हुन् | आमा दिदि काकी फुपूका शृंगार शैली अनि धेर थोर टिभी वा फिल्मका हेरोइनको नक्कल, बस त्यति हुन् एउटी बच्चीको शृंगार गुरु !! यति कुरा पनि बुझ्न नसक्ने दिमाग पनि कस्तो बनाइ दिन्छन क्या भगवानले !

म भन्दिन कि शृंगार नराम्रो कुरा हो, यसले उसले कसैले गर्नु हुन्न |मलाई शृंगारमा रुचि छैन यसको मतलब म सहि छु र जसलाई रुचि छ उ गलत भन्ने पनि हैन  सबैको आ-आफ्नो रुचि चाहना र आवश्यकताहरु छन् | त्यसको म सम्मान पनि गर्छु | यधपी त्यस्ती सानी बच्चीको शृंगार मोहलाई ठट्टाको बिषय बनाएर त्यसलाई बेवास्ता गर्नु वा प्रशय दिनुले उनको भाबी सोचाइ अनि व्यक्तित्व बिकासमा त्यसले कस्तो भूमिका खेल्ला भन्ने चै सबैले मनन गरिदिए हुन्थ्यो जस्तो लाग्छ | हुन त यो त्यति ठुलो कुरा नहोला तर आफ्नो बच्चालाई संसारको सफल मान्छेमा देख्न चाहने अभिभावकले यस्ता साना मसिना कुरा भन्दै नजर अन्दाज गर्नु पनि त् राम्रो हैन  !
                                                                                                        
अन्तमा एउटा स्टुपीड प्रश्न अझै मनमा खेलिरहेको छ केटीहरुलाई नक्कल पार्न भगवान नै सिकाएर पठाका हुन्छन कि क्या हो भन्ने महिलाहरुले आफुलाई सुटुक्क भगवान  नै सावित गर्न खोजेका त हैनन् ?

Comments

Popular Posts

टुक्रा टुक्री खुशीहरु......

बुख्याचा

परिवर्तित तिज र पुरुष सहभागिता