क्याम्पस गफ
"हेर न यो गम्भीर भन्ने केटो कति हल्ला
गर्छ है रिसै उठ्दो | "
"त्यही त भन्या नाम चै गम्भीर रे मान्छे चै कति वकवके हो है?"
"अँ भन्या दिक्क लाग्दो …यो मान्छेले नजानेरै सोधेको हो त म्यामसंग ?"
"ह्य़ा… के नजानेर नि म्यामलाई जाचेको होला नि | "
"त्यस्तै देखिन्छ त नि खाली क्रस क्वैस्चन गर्छ त नि ह्या क्लासमा हल्ला भाको यो मान्छेले किन ध्यान नदेको होला के !"
"दिमाग भए पो ध्यान दिन्छ , दिमाग नै उडेको जस्तो छ देखेनौ कस्तो वाहियात प्रश्नहरु पनि सोध्छ ?"
"त्यहि त जे.पी.टी. सोधेर हैरान के !"
"अँ भन्या दिक्क लाग्दो …यो मान्छेले नजानेरै सोधेको हो त म्यामसंग ?"
"ह्य़ा… के नजानेर नि म्यामलाई जाचेको होला नि | "
"त्यस्तै देखिन्छ त नि खाली क्रस क्वैस्चन गर्छ त नि ह्या क्लासमा हल्ला भाको यो मान्छेले किन ध्यान नदेको होला के !"
"दिमाग भए पो ध्यान दिन्छ , दिमाग नै उडेको जस्तो छ देखेनौ कस्तो वाहियात प्रश्नहरु पनि सोध्छ ?"
"त्यहि त जे.पी.टी. सोधेर हैरान के !"
क्याम्पसको पढाइ सुरु भएदेखि २/४ दिन यता खालि प्रश्नहरु
मात्र सोधेर जान्ने र बुझ्ने जस्तो देखिन खोज्ने एउटा केटो प्रति लक्ष्यित गर्दै म
र मेरो साथीले गरेको कुराकानी थियो यो …|
उसलाई प्रश्न नै नगर्न पनि भन्न सकिन्नथ्यो यता आफुलाई भने
कक्षामा हुन गएको हल्लाले गर्दा दिक्दार लागेको थियो त्यसैले मैले आफ्नो दिक्दारी
यसरी नै आफ्नो साथीसंग पोखेकी थिएँ | कक्षामा धेरै कम बोल्ने अन्तर्मुखी
स्वभावकी मलाई उसको हाउभाउ र अनाबस्यक वकवक मनै परिरहेको थिएन | त्यसो हुदा कहिले काँही परिचयको लागि होला, हामीतिर
हेरेर उसले मुसुक्क हाँस्दा पनि म भने नदेखे झैँ गरिदिन्थें | जीवनमा पहिलो पल्ट यति ह्यान्डसम मान्छेको मुस्कानको प्रतिक्रियामा म
नबोलिकन आफ्नो रिस ब्यक्त गरिरहेकी थिएँ |
के गर्नु, टक्क मिलेको शरीर, पर्याप्त
उचाई, गहुगोरो अनुहार, मिलेका दन्त लहर
… त्यति राम्रो मान्छे पनि मलाई भने फिटिक्कै मन परिरहेको
थिएन | त्यो हुन्छ नि… कोही मान्छे किन
किन त्यसै मन पर्दैन | उसले हामीलाई केहि नगरे पनि त्यसै रिस
उठ्छ नि ,त्यसलाई ग्रह नमिलेको पनि भन्छन नि ! हो त्यस्तै
भएको थियो मलाई | उसको वाहियात लाग्ने प्रश्नहरुले नै म मा
यस्तो नराम्रो छाप छोडेको थियो सायद | यधपी धेरै बोल्ने
मान्छे चाडै सबैको नजरमा पर्ने र चर्चित हुने अनि हाम्रो बानी पनि अरुकै चर्चा
गर्ने भएको हुँदा साथीहरुबाट उसको नाम "गम्भीर" हो भन्ने सम्म थाहा
पाएकी थिएँ | हुदाँ हुदाँ मलाई मनै नपर्ने त्यही केटोले
"हिरो अफ दि क्लास " को उपाधि समेत कुम्ल्यायो |
खासमा भएको के त भन्दा, सधै विद्यार्थीहरुको जिज्ञाशा निवारण गर्दा
गर्दै हाम्रो म्यामलाई बिद्यार्थीहरुले चै कति बुझेछन त भन्ने जिज्ञाशा पलाएछ,
जुन स्वभाभिक पनि थियो | अनि त्यस दिन सबै
बिद्यार्थीलाइ सोध्ने क्रममा उहाँले उही आफुलाई प्रश्न माथि प्रश्न गर्ने
बिद्यार्थीलाइ पनि संकेत गर्नु भो| म्यामको संकेतप्रति
अनविज्ञ भएर हो कि प्रश्न सोध्नु जति उत्तर दिन सजिलो नभएर हो उसले आफु निश्चित हुनको
लागि ‘कसलाई भन्नु भो म्याम मलाई हो?’ भनि
सोध्यो |
"एस माइ चाइल्ड यु … आफ्टर अल यु आर हिरो अफ दि क्लास हाउ क्यान आइ लिभ यु ?
" म्यामको जवाफ यस्तो थियो | म्यामले
यसो भन्नु हुदा मैले भने "खुबै हो…" भन्ने शैलीमा
ओठ लेब्र्याएकी थिए |
उसले के कस्तो जवाफ दियो त्यसमा मैले ध्यान दिइन किनकि बोलक्कड मान्छेहरु जसरी नि कुरा घुमाएर परिस्थितिलाई आफ्नो अनुकुल बनाउन खप्पिस हुन्छन | सायद जवाफ राम्रै दियो होला भन्ने अनुमान गरें | अब म्यामले उ बास्तबमै लायक भएर हो वा ब्यङ्ग गरेर त्यो उपाधि दिनु भएको हो त्यो त थाहा भएन, तर त्यस दिन देखि उ हाम्रो क्लासकै हिरोको रुपमा परिचित छ |
उसले के कस्तो जवाफ दियो त्यसमा मैले ध्यान दिइन किनकि बोलक्कड मान्छेहरु जसरी नि कुरा घुमाएर परिस्थितिलाई आफ्नो अनुकुल बनाउन खप्पिस हुन्छन | सायद जवाफ राम्रै दियो होला भन्ने अनुमान गरें | अब म्यामले उ बास्तबमै लायक भएर हो वा ब्यङ्ग गरेर त्यो उपाधि दिनु भएको हो त्यो त थाहा भएन, तर त्यस दिन देखि उ हाम्रो क्लासकै हिरोको रुपमा परिचित छ |
एकदिन अचानक उसको र मेरो बसाइ एकै बेन्चमा जुर्न पुग्यो | मेरो साथी पनि आएकी थिइन अनि
उसको बेन्च पनि अरुले नै भरिसक्दा यो अवस्था जुरेको थियो | अब
संगै बसिसके पछी नबोली रहन पनि त मिलेन | उसले नै परिचयको
सुरुवात गर्यो | मैले पनि आफ्नो परिचय दिन अब आफ्नो
औपचारिकता हुन पुग्यो | केहि बेर पछिको बोलचाल पछी पुन हामी
लेक्चर तिर ध्यान दिन थाल्यौ | तर अचम्म उसले त्यो दिन भने
त्यति धेरै प्रश्नहरु गरेन जुन मेरो परिभाषामा वाहियात थिए | सायद संजोग पर्न गयो होला वा उसको मुड नभएको हुन सक्छ वा छेउमा राम्री
केटी देखेर नर्भस पनि भएको हुनसक्छ | खैर, जे सुकै होस् त्यस पछिका दिनहरुमा हामी केहि राम्रो साथी बन्न पुग्यौ |
त्यही भएर पनि होला मलाई अचेल चै त्यति रिस उठ्दैन उसको प्रश्नहरु
देखी… आखिर साथीको लागि त त्यति सहनै पर्यो नि ! फेरी अलि
अलि जिज्ञाशा राख्न उसको पनि सहयोग पाउने भए पछी त के चाइयो र ? हुन त पहिलो हेराइबाट नै कसै प्रति कुनै निश्चित धारणा बनाई हाल्न हुदैन
भन्ने मलाई रामरी महशुस थियो तर पनि यो क्रम अनायसै दोहोरिरहन्छ | सायद हामी सबैले यस्तो अवस्था भोगेको छौ होला कहिँ कतै कसै संग ..|
जे होस्, अचेल म्यामले उसलाई हिरो अफ दि क्लास
भन्दा "खुबै…" भन्ने पारा चै झिक्दीन म |
यो हिरोको कुरालाई अब एकछिन थाँति राखौं | अब एकछिन भिलेन अफ दि क्लासको
पनि चर्चा गरौ | हँसी मजाक गर्न खप्पिस मेरो साथीहरुको
जमातमा "अब, क्लासमा हिरो भए पछी, भिलेन पनि त हुनु पर्यो नि…" भन्ने चर्चा चलेछ |
कसैको अपमान गर्नु चै उनीहरुको आशय थिएन र छैन पनि है फेरी !! अनि
क्लासमा भएको एउटा अर्को मान्छेलाई उनीहरुले भिलेन अफ दि क्लासको उपाधि दिसकेको
कुरा मलाई मेरो साथीले सुटुक्क भने पछी पो थाहा पाएँ | उसको
नाम त के हो मलाई थाहा भएन तर उसको उपस्थिति अनि उसको ब्यबहार चै केहि भिन्दै छ |
गम्भीर भन्दा केहि कम ह्यान्डसम उ गम्भीरले जति प्रश्न गर्दैन,
निकै कम मात्र बोल्छ | १० वटै औलामा ठुल्ठुला
औठी , दुवै हातमा ब्याण्ड, पेटीमा
सिक्री झुन्डाउने,अनि सधै
(गर्मीमा पनि ) ज्याकेट लगाउने उ पक्कै पनि अरु भन्दा भिन्दै छ | अरु भन्दा पनि क्रिस्चियन शैलीमा दाहिने हातको बुढी र चोर औलाले ओठ र
निधार चुम्दै कक्षा भित्र प्रवेश गर्ने उसको शैली मलाई अनौठो लाग्छ |यस्तो लाग्छ, मानौ कक्षा भित्र नभई कुनै चर्च भित्र
प्रवेश गर्दै छ उ | तर सायद, मेरा
साथीहरुले चै उसको औठी ,ब्याण्ड अनि सिक्री प्रेम देखेर
उसलाई भिलेन अफ दि क्लास भनेको होलान किनकि फिल्ममा भिलेनहरुको गेट अप त्यस्तै
देखाइन्छ नि त … बिचरा उ भने यो कुराबाट अनविज्ञ छ |
साच्चैं दुनियामा मान्छेहरु कसैको लवाई,खवाई,हिडाई
आदि बाट उसको परख गर्ने गर्छन… यस्तो किन अक्सर हुन्छ होला ?
त्यसो हुदा कहिले काही भिलेन देखिने व्यक्ति भित्रको हिरो छायाँमा
पर्छ अनि हिरो भनिने व्यक्ति भित्रको भिलेन प्रति पनि कसैको ध्यान जादैन | आखिर हामी सबैमा हिरो र भिलेन भन्ने पात्र लुकेकै हुन्छ सवाल कसलाई बढावा
दिने भन्ने मात्र न हो |
अन्तमा हिरो, भिलेन सबैको उपस्थिति भए पछी हिरोइन भन्ने
पात्रलाई पनि खोज्नु पर्यो भन्ने ध्यान अचेल मेरो दिमागमा आउन थालेको छ | हुन त कक्षाकोठालाई फिल्म संग दाज्नु राम्रो त नहोला तै पनि कहिलेकहिँ
यस्ता रमाइला जायज हुन्छन त्यो पनि क्याम्पस जीवनमा … हामी
सबैले कुनै न कुनै बेला केहि न केहि त रमाइलो ठट्टा गरेकै छौ नि क्याम्पसमा ….त्यसैले हिरोइनको खोजी पनि गर्नु पर्ने माग लैजाने बिचारमा छु
तर हिरोइन बन्ने क्राईटेरिया के कस्तो तोक्ने र यसको निर्णय चै कसले
गर्ने भन्नेमा भने केहि झमेला हुन्छ कि त ? आखिर यो बिषय नै
त्यस्तै पर्यो के ! लौ अब ‘हिरोइन अफ दि क्लास’ को खोजीमा हिडें म त … भेटियो भने त्यसको पनि
जानकारी गराउने छु …
हस् त, मेरो क्याम्पस गफ सुनिदिनु (मतलब, पढिदिनु) भएकोमा धन्यबाद दिदै बिदा माग्छु |
अस्तु |||
Earlier Posted in : xnepali.net


Comments
Post a Comment