साथी
एकदिन उनको मोबाइलमा घन्टी बज्यो । फोन उनका श्रीमानले उठाए र सोधे, को बोल्नु भयो ? उताबाट जवाफ आयो “म यशोदाको साथी” ।
उनी अर्थात् यशोदा सापकोटा । जसले जीवनको ४० औं बसन्त पार गरिसक्दा पनि साथी मान्न लायक कोही पात्र भेटेकी थिइनन् । उनी विस्मात्मा परिन् । लाग्यो, “हैन को साथी छ र मेरो त्यस्तो ?”
उनी अर्थात् यशोदा सापकोटा । जसले जीवनको ४० औं बसन्त पार गरिसक्दा पनि साथी मान्न लायक कोही पात्र भेटेकी थिइनन् । उनी विस्मात्मा परिन् । लाग्यो, “हैन को साथी छ र मेरो त्यस्तो ?”
हामीलाई लाग्न सक्छ, दुनियाँमा साथी सहेली नहुने मान्छे को होला? बाल्यकालका साथी, छिमेकमा रहेका साथी, गोठालो, मेलापात जादाका साथी, स्कूल पढ्दाका साथी, कलेज पढ्दाका साथी, सँगै काम गर्ने सहकर्मी, फेसबुक, ट्वीटरबाट चिनिने साथी । भिन्न भिन्न स्थानमा भिन्न भिन्न परिवेशका मानिसहरु हामीसँग जोडिन आइपुग्छन् र उनीहरुलाई हामी साथीको रुपमा स्वीकार्छौ । फरक यति हो कि केही साथीसँगको साथ जीवनभर रहन्छ भने केहीसँग निश्चित समयपछि अलग भइन्छ । तर सिन्धुपाल्चोककी यशोदाको हकमा यस्तो भए कै थिएन । किनकी सानोमा स्कूल जाने अवसर त पाइन् तर त्यसलाई निरन्तरता दिने वातावरण उनले पाइनन् । छरछिमेकमा साथी बनाउनका लागि उनको घर बेसीको फेदमा एक्लो थियो रे । मेलापात, गोठाला जानका लागि पनि त्यस्तै । उनी भाई बहिनी अथवा श्रीमानमा पनि साथी हुन्छ भन्ने कुरा मान्दिनन् । भाई बैनी त भाई बैनी नै हुन् । श्रीमान् पनि त अरुले भनी आएका जस्ता साथी होइनन् नि भन्ने उनको बुझाइ छ ।
फोन अहिले उनले काम गर्दै आएको अफिसबाट आएको थियो । उनको लाइन म्यानेजरले गर्नुभएको थियो । उनी अफिसमा सबैको खानपिन, सरसफाइ, बगैचा आदिको हेरचाह राम्ररी गर्छिन् । मीठो खाना र खाजा बनाएर खुवाउछिन् । सहकर्मीहरुको एउटै बोली छ, यशोदा अफिसमा जति मान्छे थपिए पनि झर्को नमानी मुस्कानका साथ खाना पस्किन्छिन् । बरु आफूलाई नपुगेमा पछि बनाएर खान्छिन् । अफिसमा सबैसँग कामकै हिसाबले राम्रो सम्बन्ध छ तर उनको जीवनको शब्दकोषमा साथी शब्दको अर्थ र अस्तित्व नभएको उनी बताउछिन् । उनलाई लाग्छ, दुनियाँले भन्ने जस्तो अलौकिक साथीको साथ उनको जीवनमा आएकै छैन । त्यसैले हाँस्दै भन्छिन्, “मान्छेहरु खाली साथीलाई भेटेको, रमाइलो गरेको, विदा मनाएको, कतै घुम्न गएको कुरा गर्छन् , आफूलाई भने साँच्ची साथी भनेको कस्तो हुन्छ, थाहा नै छैन त बाबै !”

Comments
Post a Comment