आफ्नै भागको भूकम्प
अन्ततः एक
हप्ताको प्रयास पछि हाकिमबाट बिदा स्वीकृत गराएँ । घर नगएको ६ महिना बेसि भइसकेको
थियो । मनको कुरा धेरै नखोल्ने आमा पनि घर कहिले आउने? कस्तो अफिस हो त तेरो विदै नदिने भनेर सोध्न थाल्नु भएको
थियो । दुई चारदिन पर्खिनु न आमा म कुरा मिलाउदै छु क्या भनेर उहाँलाई थुमथुमाएर
राख्दै थिएँ । १८ वैशाख देखि २२ सम्मको
विदा मिल्यो भनेर खबर गर्न पाउदा पनि घरमा
छाएको बेग्लै उमङ्गको कल्पना गर्दै आफै रोमाञ्चित भएकी थिएँ । बैशाख १९ गतेको आफ्नो
जन्मदिन यसपाली आमाको हातबाट रमाइलोसँग टिका थापेर मनाउन पाउने भएँ भनेर झनै मख्ख
थिएँ । यसका अलावा हजुरआमा, आमा र क्षामालाई
के के लागिदिन त्यसको लिस्ट पनि तयारीको क्रममा थियो ।
तर विडम्बना
भूकम्पले मेरो योजनालाई टेरेन । मेरो मात्र हैन त्यसले म जस्ता लाखौ अज्ञानी
मनुष्यहरुको योजना, सपना, चाहना केहीलाई टेरेन र बज्री छाड्यो वैशाख १२
को त्यो मध्यान्नमा एउटा क्रुर शाषकले रैतीमाथि जर्बजस्ती लाद्ने निरंकुशता जसरी !
प्रकृतिको त्यो भयंङ्कर निरङ्कुशताको अगाडी हाम्रो केही जोड चलेन र हामी असरल्ल
पछारियौं चौरमा, आँगनमा, सडकमा र सँगसँगै पछारिए हाम्रा मठ,मन्दिर, गुम्वा लगायतका कयौं साँस्कृतिक धरोहरहरु । पछारिएर सडकमा
आएकाहरु त जसो तसो उठ्लान् अनि फेरि तीनै टुक्रिएका योजना, सपना र चाहनाको पुर्ननिर्माणमा लाग्लान् । तर पुरिएर सडकमा
आउन नसकेकाहरुको जीवन्त योजनाहरु के के थिए होलान् भन्ने चिन्तन र अब त्यसले
कहिल्यै निकाश पाउने छैन भन्ने कटु यथार्थले भने पछारिएर सडकमा आउनेहरुको जीवनलाई
पनि फिका फिका बनाइदिएको छ । सायद यो अपुरणीय क्षतिको शोक पुस्तौ पुस्तासम्म पनि
तितो स्मरण बनेर सबैलाई घोची नै रहनेछ । यद्यपि अब अगाडि बढ्नुपर्छ भन्ने जोशिला
ध्वनिहरुको गतिशीलता अनुशरण गर्दै हामी सनै सनै तङ्ग्रिन गइरहेका छौं ।
शेक्सपियर भन्छन "यो संसार एउटा रङ्गमञ्च हो, जीवन त्यसमा
देखाइने नाटक र हामी सबै त्यस नाटकका पात्रहरु हौं ।" ज्ञानीहरु भन्ने गर्छन सुख र दुख सबै भ्रमहरु
हुन् । मलाई थाहा छैन जीवन के हो वा सुख–दुख साच्चै भ्रम हुन वा होइनन् । तर मलाई यति चै थाहा छ आजको दुख भोलिको पनि
दुख भने होइन । मानिसले नचाहेर वा नजानेर मात्रै हो नत्र संसारमा दुख भन्दा ज्यादा
सुखको बाहुल्यता छ ।
आज हामी जे कुरामा दुखी भइरहेका छौं भोली त्यही कुरा सम्झेर उत्तिकै दुखी रही रहनेछौ होला रहला ? हो केही घाउ यस्ता हुन्छन् जसलाई समयको मलम लगाएर पनि पुर्न सकिन्न । कुनै ज्यूका त्यु रहन्छ, केही मत्थर हुन्छन् तर त्यो कहिल्यै सुखमा बदलिदैन । जस्तो कि प्रियजन गुमाउनुको पीडा वा विध्वसंले निम्त्याउने अपाङ्गता । ती दुखहरु चाही मलाई बास्तविक दुख हुन् भन्ने लाग्छ । बाँकी त सब भ्रम नै त रहेछन् । त्यसैले भूकम्पको दुखलाई बिर्सिएर सुखतिर अघि बढ्न पाइलाहरु लम्किसके झैं लाग्न थालेको छ ।
आज हामी जे कुरामा दुखी भइरहेका छौं भोली त्यही कुरा सम्झेर उत्तिकै दुखी रही रहनेछौ होला रहला ? हो केही घाउ यस्ता हुन्छन् जसलाई समयको मलम लगाएर पनि पुर्न सकिन्न । कुनै ज्यूका त्यु रहन्छ, केही मत्थर हुन्छन् तर त्यो कहिल्यै सुखमा बदलिदैन । जस्तो कि प्रियजन गुमाउनुको पीडा वा विध्वसंले निम्त्याउने अपाङ्गता । ती दुखहरु चाही मलाई बास्तविक दुख हुन् भन्ने लाग्छ । बाँकी त सब भ्रम नै त रहेछन् । त्यसैले भूकम्पको दुखलाई बिर्सिएर सुखतिर अघि बढ्न पाइलाहरु लम्किसके झैं लाग्न थालेको छ ।
![]() |
| बुढी गण्डकी किनारमा रहेको आरुघाटको भुकम्प विस्तापित अस्थाई बस्ति -फोटो साभार : मित्र सन्दिपको फेसबुक |
पुन आफ्नै कुरा: त्यो प्रकृतिको
निरङ्कुश पञ्जाबाट कसरी फुत्किएँ, कुन चौर वा सडकको शरण परेर प्राण जोगाए वा अझै के हुने हो भन्ने त्रास यथावत्
छ, यी कुराहरु कहिल्यै
नमेटिने सम्झनाहरु बनेर जीवन छउन्जेल मैसँग रहनेछन् तर जब होश खुल्यो अनि सबै
भन्दा बढि चिन्ता लाग्ने रहेछ परिवारकै ।
त्यसमाथि भूकम्पको केन्द«बिन्दु आफ्नै गाँउ गोरखा, आरुघाट भन्दा केही सय किमि परको गाँउ बार्पाक थियो भन्ने थाहा पाँउदा तनाव अझ हजार गुणा दोब्बर हुने रहेछ । केही मिनेटको संघर्ष पछि आमासँग फोन सम्पर्क त भयो तर हजुरआमा, वैनी र आमा बाहेक बुवाको बारेमा थाहा हुन सकेन । एक घण्टा पछिको संघर्ष पछि बुवा पनि सकुशल नै खेतबाट आउनु भएको जानकारीले अर्वणनीय राहत मिल्यो भने घर ढलेको खबर दुई दिन पछि सविस्तार थाहा पाइयो । त्यो घर जहाँ मैले छ महिना देखि पाइला राखेको थिइन र अबको एक हप्ता पछि त्यहि जादैछु भन्ने कुराले सानी बच्ची जसरी रमाइरहेको थिएँ त्यहि घर ढल्यो भनेको सुन्दा स्तब्ध भएँ । आफू हुर्किएको घर जो कसैको लागि पनि विशेष हुन्छ र त्यहि यादहरु जोडिएको मेरो आफ्नो घर रहेन भन्ने कुराले निकै मर्माहत तुल्यायो । अन्य कुरा यथावत् रहदा अन्मिएर पराइघर जाने चेलीहरु बरु समय समयमा उही पुरानै घरमा आइरहन सक्छन् तर विगत छ महिना देखि नदेखेको मेरो आफ्नो घर अब त्यही स्वरुपमा मैले कहिल्यै देख्न पाउने छैन ।
हामीसँग जिन्दगीमा जे कुरा
हुदैन त्यसैको अभाव ज्यादा खट्किदो रहेछ । त्यसैको महत्व धेरै महशुस
हुने रहेछ । जब घर छोडी पढ्नको लागि डेरामा आएँ तब घरको महत्व के रहेछ भन्ने बुझें
। तर जब डेराबाट पनि त्रिपालको बास भयो तब अर्काकै घर सही घर भनेको घर नै रहेछ
भन्ने अन्र्तआत्मा समेतलाई बोध भयो । अनि जब उता परिवार पनि हावा हुरी, घाम पानी झेलेर त्रिपालमुनि बसिरहेका छन् भन्ने
थाहा पाइन्छ, मुटुको कुनै कुना
बाँकी रहदैन घरको महत्व कति रहेछ भनेर बुझ्नलाई |
आफ्ना प्रियजन गुमाउनुको पीडाको त म अन्दाजा लगाउन सक्दिन तर घरबार विहीन हुनुको पीडा म जस्तै हजारौं अन्यको पनि उही हो भन्ने थाहा भएको छ । विगत ७ महिना देखि भूमिहीन किसानहरुको संगठनमा काम गर्दै आइरहेको मैले घरबारविहीन भइसकेपछि भने अब भूमीहीन हुनुको पीडा कति रहेछ भनेर अन्र्तआत्मा देखि नै बोध गरिरहेको छु ।
आफ्ना प्रियजन गुमाउनुको पीडाको त म अन्दाजा लगाउन सक्दिन तर घरबार विहीन हुनुको पीडा म जस्तै हजारौं अन्यको पनि उही हो भन्ने थाहा भएको छ । विगत ७ महिना देखि भूमिहीन किसानहरुको संगठनमा काम गर्दै आइरहेको मैले घरबारविहीन भइसकेपछि भने अब भूमीहीन हुनुको पीडा कति रहेछ भनेर अन्र्तआत्मा देखि नै बोध गरिरहेको छु ।
अब भत्किसकेको
घरमा के छ र घर जानु? तर जहाँ परिवार
त्यहि घर भन्दै लागियो बाटो आफ्नो परिवारलाई भेट्न र अन्तिम पटक आफ्नो घरको
भग्नावशेषका साथै आफ्नो डाँडा पखेरा, नजिकैको बुढी गण्डकी, घरेलु चौरको
दर्शन गर्न । यद्यपि परिवार आश्रित त्रिपालमा २ दिन बसीसक्दा पनि आफ्नो घरको
भग्नावशेष हेर्न जान मन लागेन । खै कुनि कुन नमीठो पीडाले मन पोलेर हो लडेको घरतिर
पाइला अघि बढाउनै सकिन २ दिनसम्म पनि । तेस्रो दिन भने सामान झिक्नको लागि गइयो
अन्तिम पटक उही घरको दुर्दशा हेरियो । यसरी अन्तिम पटक त्यो ठाँउको माटोलाई टेकेर
२ हप्ता पछि कार्यालय फर्किए ।
अन्तिम यस अर्थमा
कि भूकम्पले विस्थापित हामी केही बर्षमा बुढीगण्डकी आयोजनाले पनि विस्थापित
हुनुपर्ने प्रबल सम्भावना छ । त्यसो हुदा त्यही ठाँउमै घर बनाएर बारम्बार
विस्थापित हुनुको पीडा झेल्नु भन्दा झिटि झाम्टा बोकेर अन्तै सर्नु मै हाम्रो भलाइ
हुनेछ । अहिले हाम्रो परिवार जस्तै त्यहाँ हजारौं परिवारहरु यहि अन्योलमा बसिरहेको
खबर आइरहेको छ । म कामना गर्छु राज्यले उनीहरु सबैलाई चाडोभन्दा चाडो निकाश
दिलाइदिएर जिन्दगी केही सहज गरिदेओस् ।
जब कार्यालय
फर्किए, सबैजना राहत संकलन र
वितरणमै लागिरहनु भएको रहेछ । सायद बिचमा बिरामी नहुदो हुँ त उताको बसाइ २ हप्ताको
हुने थिएन । कार्यालय फर्किएको एक हप्ता पछि मात्र हाकिमसँग भेट भयो । उहाँले सोध्नुभयो "आमाबाबुलाई कस्तो छ त रीता जी ?" कुनै पीडितले २ बोरा चामल राहत पाउदा कति उत्साह र खुशी थपिन्छ कुनि ? मलाई चाही धेरै बोल्ने बानी नभएको आफ्नो हाकिमको त्यति सोधनीले २ बोरा चामल पाए भन्दा
ज्यादा खुशी लाग्यो । ; )

Comments
Post a Comment